प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् एमाओवादी मन्त्रीहरु
काठमाडौं,२३ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको मन्त्रीपरिषद्को बैठक स्थगीत भएको छ । एमाओवादी मन्त्रीहरु नआएपछि आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको बताईएको छ। बैठक पुनः बेलुका ६ बजेका लागि बोलाइएको छ। सत्ता साझेदार दल एमाओवादीले बुधबार औपचारिक रुपमै अध्यक्ष पुष्पकमल दाहाल प्रचडण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि ओली नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ ।
सरकारबाट के माओवादी बाहिरीने हो त भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक डाकेपनि एमाओवादी मन्त्रीहरु उपस्थित नहुँदा प्रधानमन्त्री ओली तनावमा छन्् । प्रधानमन्त्री ओलीले एमाओवादी नेताहरुसँग छलफल गर्ने भन्दै मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन्।
तर प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने तयारी नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए ।