गोरखा पुगेर सरकारबारे यस्तो भने प्रचण्डले(फोटो फिचर)
काठमाडौैं,२२ वैशाख ।
एकिकृत माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा पुगेका छन् ।
नेपाल सरकारबाट उपलब्ध हुने राहत सम्झौता कार्यक्रमका सिलसिलामा प्रचण्ड आज बिहान गोरखाको हिमाली गाउँ गुम्दा पुगेका हुन् ।उनले सरकारका बारेमा यतिबेला गम्भीर प्रश्नहरु उठेको बताए ।उनले भने, ‘यस बारेमा हाम्रो पार्टी र अन्य पार्टीहरु बीचमा छलफल भईरहेको छ ।’
प्रचण्डले ५ वटा माओवादी पार्टीहरुबीच एकता केही दिनभित्रै हुने बताउँदै एमाओवादी २ वर्षमा देशकै १ नम्बरको पार्टी बन्ने बताए । उनले भने, ‘भूकम्प गएको एक वर्ष पछि तपाईहरुमा नयाँ उत्साह र नयाँ आत्म विश्वास पलाएको महशुस भएको छ ।’
प्रचण्ड आज नै लाप्राक, बारपाक लगायतका गोरखाका गाउँहरुमा राहत सम्झौता कार्यक्रममा सहभागी हुँदै भौतिक संरचनाहरुको शिलान्यास गरेका छन् ।