कसरी  बिग्रीयो एमाले एमाओवादीबीचको सम्बन्ध ?

काठमाडौैं,२२ वैशाख ।

1
एकीकृत नेकपा माओवादीले एमाले नेतृत्वको वर्तमान सरकार छाड्ने संकेत गर्दै आफ्नै नेतृृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने निर्णयमा पुगेको छ ।
उसले प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य दलसँग मिलेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने औपचारीक निर्णय पनि गरेको छ ।
अचानक एमाओवादीको सरकार छाड्ने निर्णयलाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् भने केहीले ‘भारतको ग्राण्ड डिजाइन’ पनि भनेका छन् ।
तर, यथार्थ अर्कै छ । एमाओवादी वृतबाट सार्वजनिक एक पत्रलाई हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादीलाई रेस्पोन्स नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।

प्रचण्डको बलियो साथ र समर्थनमा भारतीय नाकाबन्दीको डटेर सामना र भूकम्प पुनर्निर्माणको कामको सुरुवात गरेका प्रधानमन्त्री ओलीले पछिल्लो समय रेस्पोन्स नगरेका कारण एमाओवादी सरकार छाड्ने र प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगेको हो ।

एमाओवादी अध्यक्ष प्रचण्डले ओलीलाई चैत २५ मा एउटा पत्र पठाएका थिए , श्रोतले भन्यो ।

उक्त पत्रमा ‘सरकारलाई गतिशील बनाउँ, जनताको पक्षमा रफ्तारमा काम गरौं भन्ने विषय समाबेश गरिएको थियो । तर, प्रधानमन्त्री ओलीले एक महिनासम्म पनि उक्त पत्रको रेस्पोन्स गरेनन् । त्यसपछि ढिलासुस्ती सैह्य भएन् । त्यसैले एमाओवादीले कठोरताका साथ प्रस्तुत हुँदै सरकार छाड्ने निर्णय गरेको हो । श्रोतको दाबी छ ।
गत चैत २५ गते एमाओवादी अध्यक्ष प्रचण्डले वार्ताका लागि अनुरोध गर्दै ‘कमरेड अध्यक्ष’ भनेर सम्बोधन गरी प्रधानमन्त्री ओलीलाई पत्र पठाएका थिए । उक्त पत्रमा सरकार सञ्चालन एवं समग्र समसामयिक राजनीतिक परिवर्तनबारे दुई पार्टीबीच छलफल आवश्यक भएको भन्दै बैठक बोलाउन आग्रह गरिएको थियो ।
‘हामी दुई पार्टीबीचको सम्बन्ध, सरकार सञ्चालन एवं सरकारको कामकारवाही, संविधानको कार्यान्वयन, पुनर्निर्माण, शान्ति प्रक्रिया र राष्ट्रको समग्र परिवर्तनको बारेमा तत्काल दुई पार्टीको उच्च नेतृत्व तहमा औपचारिक रुपमा छलफल गर्न जरुरी भएको महसुस गरेकाले यथाशिघ्र सो को लागि अनुरोध र सकारात्मक खबरको अपेक्षा गर्दछु ।’ प्रचण्डले केन्द्रीय कार्यालयको बैठकमा निर्णय गराएर ओलीलाई यस्तो लेखेर पत्र पठाएका थिए ।

तर, प्रम ओलीले झण्डै एक महिना वित्दा पनि बैठक नबोलाएर प्रचण्डले पठाएको पत्रको वेवास्ता गरेपछि एमाओवादी ‘एमाले सम्बन्ध चिसिएको हो । पछिल्लो समय सरकार परिवर्तनका लागि एमाओवादीले कदम चालेको चर्चा भएपछि ओलीले मंगलबार (हिजो) राति बालुवाटारमा दुई दलको बैठक बोलाएको श्रोतले जानकारी दियो । । तर, हिजो बैठकमा स्पष्ट कुरा हुन सकेन।

एमाओवादी नेताहरुका अनुसार सरकार छाड्ने अर्को कारण भनेको नेपाली कांग्रेस हो । कांग्रेसले प्रचण्डको नेतृत्व स्वीकार गरेपछि एमाओवादी सरकार छाडेर नयाँ सरकार बनाउने निर्णयमा पुगेको हो । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रचण्डको नेतृत्व स्वीकारेकाले आफूहरु नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको बताएका छन् ।