सरकारले कार्यशैली करेक्सन नगरे एमाओवादीले काँधमा राखेर हिड्न नसक्ने -सचिव पुन

shashi koirala with barsha man pun

काठमाडौ, २१ बैशाख । barshaman punएकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुनले प्रधानमन्त्री र सरकारले आफ्नो कार्यशैली तत्काल करेक्सन नगरे एमाओवादीले धेरै दिनसम्म सरकारलाई काँधमा राखेर हिड्न नसक्ने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्रीलाई मुलुक संकटमा छ भन्ने आभाष नै छैन । एमाओवादीको स्थायी कमिटिसँग बसेर केपी ओलीले शान्ति प्रक्रिया पुरा गर्ने कमिटमेन्ट गर्नु भएको थियो । तर उहाँ संबेदनशिल हुनु भएन । अहिले पनि प्रचण्ड, पार्टी छाडेका बाबुराम भट्टराई र हाम्रा मन्त्रीहरुले मुद्दा झेलिरहनु परहेको छ । यस कारण हामी पार्टीभित्र दवावमा छौ । सरकारले राम्रो काम गर्न सकेन भनेर चौतर्फी दवाव छ ।यसलाई प्रधानमन्त्रीले करेक्सन गरेर नजाने हो भने सरकारलाई धेरै दिन काँधमा बोकेर हामी हिड्न सक्दैनौ, यसको विकल्प खोज्छौ ।
उनले थपे,‘ सरकारको विकल्प खोज्ने आधिकारिक निर्णय गरेर हामी हिडेका छैनौ । सरकारलाई करेक्सन गराउने पक्षमा अहिले हामी छौ । सरकारको विकल्प खोज्ने कुरा लुकाएर गर्ने कुरा होईन यो राजनीतिक विषय हो ।’
पुनले आफूहरुवीच भएका सहमति कार्यान्वयन नभएको विषयमा छलफल गर्न एमालेलाई आधिकारिक रुपमै पत्र पठाएपनि एमालेबाट अहिलेसम्म कुनै जवाफ नआएको गुनासो गर्दै सरकार आफ्नो प्राथकितामा खरो रुपमा उत्रन नसकेको पार्टीको स्थायी कमिटिको निष्कर्स भएको सुनाए ।
उनले सरकार अहिलेकै ढर्रामा अघि बढे जनताको अपेक्षा पुरा हुन नसक्ने ठोकुवा गर्दै प्रधानमन्त्रीको कार्यशैली परिवर्तनलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने, असन्तुष्टपक्षहरुलाई बार्ता र संबादमा ल्याउने खाले प्राथमिकताको नरहेको दावी गरे ।
पुनले भने,‘ त्यसैले सरकारलाई, सरकारको कार्यशैलीलाई करेक्सन गर्ने हाम्रो पहिलो प्राथमिकता हो । अहिले पनि पुनःनिर्माणको काम भएको छैन । १५ हजार राहत र १० हजारको न्यानो कपडाको लागि दिएको रकम अहिलेसम्म पनि नपाएको गुनासो छ । यस्तो किन हुन्छ । सरकार र प्रधानमन्त्रीको प्राथमिकता कहाँ हो । उद्घाटन, शिलान्यास, भाषण दिने र डिनर खुवाएर बस्ने काम छाडीदिनुस । जनता एकतारि पालमा बसिरहेका छन हाम्रा प्रधानमन्त्री सय जनताको जम्बो टोली बोकेर विदेश सयरमा हिड्नु हुन्छ । प्रधानमन्त्रीको सिंगो बोईङ रिर्जभ गरेर सयर गर्ने कस्तो शैली हो ?’
उनले हिजोकै राजामहाराजाको शैली हुने हो भने गणतन्त्र आएपछि पनि के फरक भयो भनि प्रश्न गर्दै नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउन मात्रै गणतन्त्र ल्याएको हो भनि टिप्पणी गरे ।
पुनले भने,‘ जनताको जीवनमा के परिवर्तन आयो भन्ने विषयमा हामी निक्कै गंभिर भएका छौ ।’
उनले विगतका सरकार र काम भन्दा पनि अहिले झनै विग्रिएर गएको दावी गर्दै त्यसबाट आफूहरु चिन्तित भएको बताए ।