गच्छेदार थ्रि इन वन नेता हुन् –प्रचण्ड

विराटनगर, २० बैशाख ।

prachanda-1

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरम लोकतान्त्रिको नेता बिजय गच्छेदार थ्रि इन वन नेता भएको बताएका छन् । उनले फोरम लोकतान्त्रिको आज बाट बिराटनगरमा शुरु भएको प्रथम राष्ट्रिय महाधिबेशनको उद्घाटन समारोहलाई संबोधन गर्दै यस्तो बताएका हुन् । प्रचण्डले गच्छदारलाई थ्रि ईन वन अर्थात् थारु, मधेसी र प्रजातान्त्रिक नेता पाउनु फोरम लोकतान्त्रिकको लागि गर्वको विषय भएको भन्दै अब राष्ट्रिय पार्टीमा रुपान्तरण हुने विश्वास ब्यक्त गरे ।

प्रचण्डले आफ्नो नेतृत्वमा सरकार भएको बेला विजयकुमार गच्छदारले दिएको सुझाव मानेको भए मुलुकले अहिले अर्को मोड लिने थियो समेत भने ।
पहिलो महाधिवेशनमा सुभकामना दिदै प्रचण्डले गच्छदार अनुभवी नेता भएको र उनले आफूलाई सरकार सञ्चालनको विषयमा धेरै सुझाव दिएको र त्यसबेला आफूले मानेको भए अहिलेको अवस्था नै अर्को हुन सक्ने थियो भने ।

संविधानको कार्यान्वयन, असन्तुष्टी संबोधन र जनताको विकासको चाहना पुरा गर्न दलहरुवीचको एकता र सहमतिको आवश्यकता रहेकोमा जोड दिदै संविधान बनाउने बेला जस्तै एकताको आवश्यकता रहेको प्रचण्डले औल्याए । उनले मधेसहितका असन्तुष्टीहरु बार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा समेत जोड दिए ।