फोरम लोकतान्त्रीकको पहिलो महाधिबेशन बिराटनगरमा शुरु हुँदै , पार्टीको नाम फेर्ने तयारी
काठमाडौं , २० बैशाख ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेसन आजदेखि बिराटनगरमा सुरु हुँदैछ ।
फोरम लोकतान्त्रिकको यो पहिलो महाधिवेसन हो । यो महाधिबेशनमा पार्टीको नयाँ नीति र नेतृत्वका विषयमा छलफल हुने फोरम लोकतान्त्रिकले जनाएको छ । विराटनगरको शहिद मैदानमा उद्घाटन हुने महाधिबेशनमा ५० भन्दा बढी जिल्लाका ३ हजारभन्दा बढी प्रतिनीधि सहभागि हुने बताईएको छ । महाधिवेसनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शिर्ष नेताहरु सहभागि हुने फोरम लोकतान्त्रिकले जनाएको छ ।
भारत बाट बिभिन्न दलका नेताहरु विरानगर पुगिसकेका छन् । महाधिवेसनले पार्टीको नाम फेर्ने र नयाँ नीति तय गर्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । उनका अनुसार अब फोरम लोकतान्त्रिक मधेसमा मात्रै नभई हिमाल पहाड सहित तराईको पनि प्रतिनिधित्व गर्ने गरि पार्टीको नाम र कार्यक्रम तयार गर्नेछ ।
आगामी नेतृत्वमा पनि गच्छदारको सर्बसम्मति हुने देखिएको छ । उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ ।