सुनुवाई समिति गठनका लागि दलहरु सहमती नजीक
काठमाडौं, १९ वैशाख ।
दलहरुवीच लामो समयदेखि संसदीय सुनवाई समितिमा रहने सदस्यको संख्यामा सहमति नबन्दा अडकिएको संसद कार्यसञ्चालन नियमावली सहमतिमै निर्माण गर्ने संकेत देखिएको छ ।
सभामुख ओनसरी घर्तिले बोलाएको प्रमुख दलका शिर्ष नेताहरुको बैठकमा शिर्ष नेताहरुले सहमतिमै भोलीसम्म नियमावली तयार पारेर संसदमा पेश गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि संसदीय सुनुवाई समिति सहमती मै बन्ने देखिएको हो ।
यसअघिघ एमाले १५ सदस्यीय संसदीय सुनवाई समिति बनाउनु पर्ने अडानमा थियो भने काग्रेस ठूलो संख्याको समिति निर्माण गर्नुपर्ने पक्षमा उभिएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो अडान छाड्दै केही संख्या बढाएर सहमति गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । काग्रेस सभापति शेरबहादुर देउवाले पनि पुरानो अडान छाडेर सहमतिमै समिति निर्माण गर्न आफु र आफ्नो पार्टी तयार रहेको बताएपछि अब सहमति हुने संभावना बढेको हो ।
एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुवीच संसदीय सुनवाई समिति सर्वसम्मतिमै बनाउने विषयमा प्रमुख दल सहमत भएको भन्दै यस विषयमा काग्रेस, एमाले र एमाओवादीले आन्तरिक छलफल गरेर भोली ठोस सहमति गर्ने जानकारी दिए । आन्तरिक छलफलको लागि काग्रेसले आज संसदीय कार्य समितिको बैठक बोलाएको छ ।