एमाओवादी स्थायी समिति बैठक भोली बस्नेगरी स्थगित
काठमाडौं, १६ बैशाख ।
एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक भर्खरै सकिएको छ ।
पार्टी अध्यक्ष निवास लाजिम्पाटमा बसेको बैठक भोली पुन बस्नेगरी स्थगित गरिएको हो । बैठकमा क्रातिकारी माओवादी धाराका पार्टीहरुबीच एकता, ध्रुविकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भएको थियो ।
एमाओवादी महासचिव कृष्णबहादुर महराका अनुसार स्थायी समिति बैठकमा पार्टी एकताको विषयमा गम्भीर ढंगले छलफल चलेको थियो ।
मोहन बैद्य किरण नेतृत्वको माओवादीको बहुसंख्यक केन्द्रीय सदस्यसहित रामबहादुर थापा बादलको नेतृत्वमा एमाओवादीसँग एकता गर्ने करिब अन्तिम तयारी भइरहेको सदर्भमा आजको बैठकले एकताको मितिसमेत तय गर्नसक्ने जनाइएको छ । साथै बैठकमा सरकारको मूल्यांकन सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
पार्टी एकताको अन्तिम तयारीका लागि एमाओवादी स्थायी समिति बैठक जारी