भिआइपी सुविधासहित आइसियुमा दिक्षीत, बिरामी की बहाना ?

kanaak at hospital

काठमाडौं, १६ बैसाख ।
विदेशमा अकूत सम्पत्ति राखेको र श्रोत खुलाउन नसकेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका एक नामुद पत्रकार र व्यवसायी कनकमणी दिक्षीत अहिले अख्तियारको हिरासतमा होइन बीर अस्पतालको आइसियुमा भिआइपी सुविधाका साथ दिनहरु विताईरहेका छन् ।
हिमाल मिडियाका मालिक, पत्रकार र मावअधिकारवादीको आवरणमा नेपालमा विभिन्न परिवर्तनविरोधी र अपारदर्शी गतिविधि गर्दै आएका दिक्षीतलाई अख्तियारले श्रोत खुलाउन पत्रचार गर्यो र अख्तियारमा उपस्थित हुन पटक पटक आग्रह गर्यो तर उनी आउनु नपर्ने भन्दै अख्तियारमा उपस्थित हुन अटेर गरीरहे । जब अख्तियारले घरमै गएर पक्राउ गर्यो उनी विरामी भएका नाटक गरेर र लगत्तै बीर अस्पतालको आइसियुमा भर्ना गराए ।
उनी अस्पातलमा भिआइपि सुविधामा बसेका छन् । उनलाई भेटन् भिआइपीहरुको लर्को बीर अस्पतालमा लागेको छ । उनलाई भेट्न पुर्व राष्टपति डा. रामबरण यादव पनि अस्पतालमै पुगे ।

दिक्षीत अस्पतालमा विना अक्सीजन आइसियुमा बसेका छन् । आइसियुमा भर्ना भएका भनिएका दिक्षीत राष्ट्रपति यादवसँगको भेटको फोटो हेर्दा पुस्तक पढ्ने, आराम गरेर बस्ने र गफ गरेर समय विताउने गरेको स्पष्ट हुन्छ ।
यस अघि अख्तियार र प्रहरीले पक्राउ गरेका अन्य भिआपीहरु पनि त्काल विरमीको बहाना बनाएर अस्पालमा भर्ना हुने गरेका थिए । अख्तियारले पक्राउ गर्नुअघि ठाँटका साथ चिल्ला गाडिमा सयर गर्नेहरु अख्तियारले पक्राउ गरेलगत्तै विरामीको बहानामा अस्पताल गएर बस्ने कार्यले उनीहरुलाई कार्वाही गरिएको हो की संरक्षण गरिएको हो भन्ने प्रश्न उठेको छ । सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ति नेपालको सन्दर्भमा झनै सान्दर्भीक हुँदै गएको छ । कानुन नियम भनेको साना र पहुँच नहुनेहरुको लागि मात्रै निर्माण भएका हुन् की भने अनुभुति नेपालीहरुले गरिरहेका छन् ।

कनकमणिको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेमा ३६ हजार कित्ता र कनकमणि–शान्ताको नाममा एचएसबिसी बैंकमा १ लाख २० हजार कित्ता सेयर छ ।
दिक्षीतको नाममा अमेरिकाको चेज बैंकमा दुईवटा खातामा १७ हजार २०८ डलर
श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा एक र अमेरिकाको एपल बैंकमा दुई गरी तीनवटा खातामा ६८ हजार ९२६ डलर र चार हजार १२६ पाउन्ड
कमलमणि दीक्षित, अञ्जु दीक्षित र कनकमणि दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्राइभेट लिमिटेडको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको छ। नियमानुसार उनले राष्ट्र बैंकलाई सूचित गर्नुपर्नेमा नगरेको ।
कनकमणि दीक्षित र शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा रहेको २ वटा खातामा २७ हजार ६३९ पाउन्ड रहेको छ ।