के कोशेली ल्याए त देउवाले भारतबाट ?
काठमाडौं,१५ वैशाख ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतबाट फर्किएका छन् ।
पत्नी आरजु देउवाको उपचारका लागि गएको ६ गते भारत गएका देउवाले राजनीतिक भेटवार्ता पनि गरेका थिए । आरजुको उपचार लम्बिने भएपछि देउवा आज एक्लै स्वदेश फर्किएका हुन् । देउवा स्वदेश फर्किने खबर पाएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका पत्रकारसंग कुरा गर्दै सभापति देउवाले भने, ‘संसद बोलाइएको छ । हामी शसक्त विपक्षीको भूमिका निर्वाह गर्छौ ।’
कहिलेसम्म प्रतिपक्षको भूमिकामा रहने भन्ने पत्रकारको जिज्ञासामा देउवाले हाँस्दै भने, बहुमतको सरकार छ । हामी विपक्षीको भूमिकामा छौं त के गर्ने जबरजस्ती गर्न मिलेन ।’
भारतीय विदेशमन्त्री स्वराजसँग भएको भेटबारे सोधिएको प्रश्नमा देउवाले नेपालको समस्या आपसमा मिलेर समाधान गर्नुपर्छ भनेर छलफल भएको थियो , अरु खासै केही कुरा भएन , कांग्रेसले केही समय अघि पनि वार्ता गरेको भन्दै उनले भने, फेरि पनि वार्ता गछौं र वार्ताबाटै समाधान गर्ने हो ।’