कनकमणीको पक्षमा भारतीय र विदेशी पत्रकारको विज्ञप्ती – तत्काल रिहा गर
काठमाडौं, ११ बैसाख /
हिमाल मिडियाका मालिक एवं पत्रकार कनकमणी दिक्षीतलाई अकूत सम्पत्ति विदेशमा थुपारेको अभियोगमा शुक्रबार पक्राउ परेपछि उनलाई पक्राउ गरेकोमा नेपाली पत्रकार र संघसंस्थाहरुबाट बचाउको विज्ञप्ती नआएको भएपनि भारत र विदेशबाट भने उनी निर्दोष रहेको र उनलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै विज्ञप्ती प्रकाशित गरिएको छ ।
बिभिन्न देशमा कार्यरत ३ दर्जन भन्दा बढी लेखक, बुद्धिजीवि, पत्रकार तथा सम्पादकहरुले उनलाई तत्काल रिहा गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।
सार्वजनिक विज्ञप्ती निकाल्दै उनीहरुले दीक्षित सच्चा मानवाधिकारवादी तथा सक्रिय पत्रकार भएको जनाएका छन् । “दक्षिण एशियामैं मिडियामाथि दबाब र हस्तक्षेप बढिरहेको बेला दीक्षितको गिरफ्तारी भएको छ’ विज्ञप्तीमा भनिएको छ, “हामी नेपाल सरकारसमक्ष दीक्षितलाई रिहा गर्दै पूर्वाग्रहरहित ढंगले, पारदर्शी भएर उनीमाथि लगाएका आरोपहरुको छानबीन गर्न माग गर्दछौं ।” उनीहरुले भनेका छन् ।
विज्ञप्ती प्रकाशित गर्नेहरुमा भारत, बंगलादेश, श्रीलंका, अष्ट्रेलिया, अमेरिका, बेलायतलगायतका लेखक, पत्रकार, बुद्धिजीवि, सम्पादक आदि रहेका छन् ।
विज्ञप्ती प्रकाशन गर्ने २७ जनामध्ये १४ जना भारतका पत्रकार र सम्पादक एवं वुद्धिजीवि रहेका छन् । हेर्नुहोस को को हुन् त विज्ञप्ती जारी गर्नेहरु ?
- Sanjoy Narayan, Editor, The Hindustan Times, New Delhi
- Rajdeep Sardesai, Chief Editor, India Today TV Group, New Delhi
- Siddharth Varadarajan, Founder Editor, The Wire, New Delhi
- TN Ninan, Chairman, Business Standard Pvt Ltd, New Delhi
- James Astill, Political Editor, The Economist
- Maja Daruwala, Director, Commonwealth Human Rights Initiative, New Delhi
- Sevanti Ninan, editor, The Hoot, New Delhi
- Salil Tripathi, Journalist and Author, London
- Imtiaz Ahmed, Executive Director, RCSS, Colombo
- Mahfuz Anam, Editor, The Daily Star, Dhaka
- Sara Hossein, Lawyer, Bangladesh Supreme Court
- Zafar Sobhan, Editor, Dhaka Tribune
- Afsan Chowdhury, Senior Journalist, Bangladesh
- Dr. Naila Zaman Khan, Professor of Child Neurology and Development, Bangladesh
- Lubna Mariam, Cultural activist, Bangladesh
- Kalpana Sharma, independent journalist, Mumbai
- Sanjib Baruah, Professor of Political Studies, Bard College, New York, US
- Bina D’Costa, Australian National University
- Pradip Phanjoubam, Editor, Imphal Free Press
- Patricia Mukhim, Editor, The Shillong Times
- Seema Mustafa, Editor, The Citizen, New Delhi
- Lalita Panicker, Senior Associate Editor, The Hindustan Times, New Delhi
- Laxmi Murthy, Consulting Editor, Himal Southasian
- Seema Guha, senior journalist (freelance), New Delhi
- Sangeeta Barooah Pisharoty, The Wire, New Delhi
- Aruni Kashyap, Writer and Asst Professor of English, Ashoka University, Haryana
- Dr. Xonzoi Barbora, TISS, Guwahati
- Dr. Sanjeeb Kakoty, Associate Professor, Rajiv Gandhi Institute of Management Shillong
- Dr. Anjuman Ara Begum, Forum-Asia, Katnmandu
- Sanjoy Hazarika, independent columnist, New Delhi
- Geeta Seshu, Journalist, Mumbai
- Beena Sarwar, journalist, Karachi / Cambridge MA
- Nalaka Gunawardene, columnist, Ravaya newspaper, Sri Lanka
- Urvashi Butalia, founder, Zubaan Books, New Delhi