नेपाललाई माया गर्ने लेखिका बारबरा एडम्सको निधन

काठमाडौं, ११ बैसाख ।

barbara 2विदेशी भुमिमा जन्मेर पनि युवा र वृद्धावस्था पुरै नेपालमा विताएकी एक शशक्त लेखिका बारबरा एडम्सको निधन भएको छ ।
३० बर्षको उमेरमा नेपाल टेकेर ५६ बर्षसम्म नेपालमै रहेर नेपाल र नेपालीप्रति अगाध माया र सम्वन्ध स्थापीत गरेकी एडम्सको बैसाख १० गते राती काठमाडौ.मा निधन भएको हहो । सशक्त सन्चारकर्मीको रुपमा स्थापीत उनी एडम्स ८६ बर्ष टेक्नु २ दिनअघि यस संसारबाट विदा भएकी हुन् ।

राजा बीरेन्द्र र ज्ञानेन्द्रका कान्छा काका बसुन्धरासँग जोडिएकी उनलाई सम्पत्ति दिनुपर्ला भनेर शाही शासनकालभरि नेपालको नागरिकता दिइएको थिएन । बरु उल्टै पटक पटक देशनिकाला गरिएको थियो । तर उनले भने आफू नेपालमै रम्ने र यहीं मर्ने बाचार गर्दै नेपाल छाडिनन् । माइतीको सम्पत्ति बेचेर बैतडीका दलित, सुकुम्वासीहरुको निम्ति घर बनाइदिइन् । उनीबारे जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफ्नो सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ‘उनी कडा लेख्थिन्, नेपाललाई आफ्नै मुटुभन्दा बढि मायाँ गर्थिन् । नेपाल र नेपाली प्रेमको निम्ति तिमीलाई सलाम बार्बरा ।’

धर्म क्रिश्चियन भए पनि बार्बराले नेपालप्रति आस्था र श्रद्धा व्यक्त गर्दै इच्छापत्र समेत लेखेकी थिइन् । उनले इच्छापत्रमा यस्तो लेखेकी रहिछन् मलाई पशुपति आर्यघाटमा दागबत्ति दिनु,सिरानीमुनि कठिन संघर्षपश्चात प्राप्त नेपाली नागरिकता राखिदिनु ।barbara 1
उनको अन्त्येष्टि सोमबार मात्र गरिने भएको छ । उनको जन्मदिन आइतबार परेकाले अन्तेष्टि नगरिने सम्पादक श्रेष्ठले जानकारी गराएका छन् । उनका अनुसार सोमबार बारबराको शवलाई प्रज्ञा भवनमा स्रध्दान्जलिको निम्ति राखीने र सोही दिन पशुपतिमा सदगद गरिनेछ।

उनलाई नागरिकता गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिलाएका थिए । नागरिकता दिलाउन एमाले नेता एवं तत्कालिन गृहमन्त्री बामदेव गौतम को भुमिका रहेको थियो ।
बारबराले जनआस्था साप्ताहिकमा नियमीत रुपमा स्तम्भ लेख्ने गर्दथिन । उनी प्रष्ट नेपाली बोल्ने र लेख्ने गर्दथिन् । नेपालको सार्वभौमिकता र स्वतन्त्रताको पक्षमा उनी स्पष्ट विचार राख्ने गर्दथिन् । मूलखबर पनि उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।