नन्दप्रसाद अधिकारीको मृत्युको दोषी कनकमणि
छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी कारबाही गर्न माग राखेर ११ महिनादेखि आमरण अनशनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको खबर निकै दुखदायी छ । कानुनी राज्यको उपहास र अपहेलनाको छनक बुझ्न यो घटनालाई नियालेर हेरे पुग्छ । हाम्रो सरकार कुनै एक छद्म मानिसको मिडिया र उसको मानब अधिकार अंकित लोगो भित्र बुँद-बुँद पलाएको दानव अधिकार वा बितण्डावादलाई सिंहदरबारको झ्यालबाट टुलु टुलु नियालेर हेरेको देख्दा यो कुनै सामान्य सुताई जस्तो लाग्दैन । सरकारको चीर सुताई नै हो । लाजमर्दो सुताइ ।
नन्दप्रसाद अधिकारीले खाना खान नमानेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा राखिएको थियो भन्ने कुरा काठमान्डौका जिवनवादी वा अझ यसो भनौं जन उपयोगकारीका छद्म भेषी जगतलाई जग जाहेर नहुने कुरा भएन । वीर अस्पतालमै सोमबार अपरान्ह उनको मृत्यु भएको कुरा बाहिर आएको छ के यसमा कुनै मानव अधिकारको बडापत्रले काम गरेको छ ? खाना नखान उक्साउने तिनै कथित मानव अधिकारवादीको कालो मुकुण्डो ओढेर डलरको खोलामा पौडी रहन मन राख्ने कनकमणि दीक्षित र तिनले खडा गरेको एक अदृश्य राष्ट्रघाती समुह नै अधिकारी निधनमा दोषी छ ।
यो निधनमा सबैभन्दा दोषी कोही छ भने कनकमणि दोषी छन् । उनको बाँच्न पाउँने मानव अधिकारको हनन कनकमणिको उक्साहटबाट भयो । उनलाई समातेर तत्काल कारबाही गरियोस । आइन्दा डलरको भेल रोकियोस । मानव अधिकारको सुगा रटानमा कहिल्यै नथाक्ने कनकमणि र तिनको समुहले यस घटनाको नैतिक जिम्बेवारी र जवाफदायी बन्नु टड्कारो आवश्यक देखिन्छ । कानुनी राज्यमा कुनै पनि दोषीलाई कारबाही गर्नु र आम माफी दिनु राज्यको विषय हो । राज्य र राजनैतिक पार्टीको सवाल हो नेपालको बृहत शान्ति सम्झौता र यसले मिनाहा गरेका कैयौं जघन्य अपराधकाबीच फुजेल ह्याकाण्ड पनि एउटा राजनैतिक वा मानिसको मृत्युको सन्दर्भ त थियो नै ।
यस्ता घटना नेपाल भरी नै भएका हुन यसो हुनुमा राज्य र विद्रोही दुबैको दोष पाइन्छ तर नेपालको जारी शान्ति प्रक्रियालाई अलमल गराउने र धमिलो खोलामा आजीबन माछा मार्न हमेसा उद्धत डलरवादीको नीच सोंच नै प्रधान कारक हो । स्वर्गीय नन्दप्रसादकी पत्नी गंगामायाको अवस्था पनि गम्भीर छ भन्ने खबर प्राप्त भएका छन् । अब उनलाई बचाउन कुनै नाटकीय योजना नआउला ? त्यो कल्पना भन्दा बाहिरको कुरा हो तर यी दुबै दम्पतीको अनशनमा कनकमणिले खुबै ठुलो राजनीतिक खेल खेले । दुई चार ओटा लेख लेखे । प्रचण्ड बाबुरामलाई हेगको अदालतमा खडा गराई आफ्नो मुतको न्यानोलाई बचाउन यिनी लागिरहे ।
देश दुनियाँका सबै थरीका मानिससंग यिनको हिमचिम भयो केहि समय अगाडी नै आफ्नै सञ्चार गृहलाई उपयोग गर्दै मानव अधिकारको नाममा दानवअधिकारको हैकमी राज चलाउन ठुलो परिणामको डलर यिनलाई प्राप्त भैसकेको कुरा खुलासा भै सकेको त छँदैछ ।
अन्य केहि नाम चलेका मानव अधिकारकर्मीहरूले अधिकारी दम्पतीलाई अनसन तोड्न पनि आग्रह गरेका थिए । तर यसमा कनकमणीको नाम सामेल छैन । मानव अधिकारवादी हुनुको काम जस्तो सुकै अबस्थामा पनि मानिसको जीवन बचाउनु हो र कानुनी कारबाहीको लागि अधिकार सम्पन राज्यको निकायको सहयोग माग्नु हो । राज्य नै असहयोगी भएको खण्डमा पनि मानव अधिकारको औचित्य पुष्टि गर्न कानून हातमा लिन कदापी पाइँदैन । फुजेलका हत्याकाण्डका दोषीलाई समात्ने काम नेपाल प्रहरीको हो र कारबाहीको लागि सम्मानित अदालत नै काफी छ । यसरी राज्यको निकायलाई निकम्मा बनाउने र कथित मानव अधिकारवादको ढोल पिटेर मानिसलाई मार्नको लागि भोक भोकै अनशन बस्न उक्साउनु हुदैन ।
हुन त मानवअधिकारकर्मीहरू भने उनीहरूको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताउँदै आइरहेका छन् । हो यसको जिम्मा सरकारले नै लिन्छ तर नितान्त यही घटनामा यिनको टाउको किन दुखेको ? मानवअधिकारवादी तथा पत्रकार कनकमणि दीक्षितले पनि बोलेछन- ‘उनीहरूका माग पुरा गर्ने जिम्मेवारी सरकार र पाँच दलीय संयन्त्रको हो, उनीहरूको प्राण रक्षाको जिम्मा पनि उनीहरूले नै लिनुपर्छ ।’ हो सरकारले लिनु पर्छ सबैलाई जग जाहेर पनि छ । तर के यस घटनामा कनकमणिको शान्ति विरोधि हर्कत र उक्साहट देखिदैन ? उनीहरुको पीडामा यिनले मृत्यु राजनीति गरेका छैनन ? म त सरकारसंग माग गर्दछु मानव अधिकारवादीको नाममा कुनै पिडीतलाई मृत्युको मुखमा धकेल्नु भनेको ज्यान मुद्दा सरह हो, त्यसैले यदि नेपालमा कानुनी राज्य छ भने कनकमणिलाई समातेर तत्काल गोल घरमा आजीवन कैद गरिनु पर्दछ ।
राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई अधिकारी हत्याको छानबिन गर्न पछिल्लोपटक साउन २८ गते पत्र लेखेको थियो । तर अनशन तोडाउन यिनको कुनै पहल भयो भन्ने मलाई लाग्दैन । हामीले शान्तिको बाटो अबलम्बन गरेका छौ । हामी लोक कल्याणकारी शासनलाई स्थापित गर्ने मान्यताको आधारमा बहुदलवाद विधीको शासन वाक स्वतन्त्रता प्रेश अधिकारलाई मान्दै आइरहेका छौ । मानब अधिकारको मुल्य र मान्यतालाई स्वीकार्दै आइ रहेका छौं तर कुनै पिडीत मृत्युको मुखमा पुग्छ र अझै पनि अनशन तोड्न लगाई कम्तीमा तत्कालको लागि तीनको जिबन बचाउने कोशिश गरिदैन भने अब उप्रान्त मानव अधिकारको दन्त बजान केबल थोत्रो सवारी साधन जस्तै निकम्मा हुनेछ ।
मिडिया का रिपोर्ट अनुसार ०६१ साल जेठमा स्कुल बिदा भएपछि कृष्णप्रसाद अधिकारी गोरखा फुजेलबाट हजुरआमा भेट्न चितवन गएका थिए । उनको जेठ २४ गते हत्या भयो । त्यसपछि अधिकारी दम्पतीले चितवन प्रहरीमा किटानी जाहेरी दिए, ‘मेरो छोरालाई माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेलल लगायतले मारेका हुन् । पक्राउ गरी कानुन अनुसार कारबाही गरिपाउँ । तर गएको जेठ २९ गते प्रधानन्यायाधीश र सरकारको प्रहरीले मानसिक बिरामी भएको भन्दै उनीहरूलाई मानसिक अस्पताल पाटन लगेर छोडिदियो । डाक्टरहरूले उनीहरू मानसिक रोगी नभएको भन्दा पनि एक महिनासम्म उनीहरू लगनखेल अस्पतालमै अलपत्र परेका थिए ।
यी सबै हर्कत पक्कै पनि एउटा न्याय प्रेमी आमा बाबुको निम्ति बडो दुःखदायी त हुँदै हो । हामी पनि पीडा कल्पना गरेर भक्कानो फुटाउन सकुला तर भावनात्मक हुनु भन्दा पनि हामि भाबि पुस्ता को निम्ति नेपाल मा शान्ति कायम गर्न मेलमिलापको नीति अबलम्बन गर्नु आबश्यक छ । नेपाल मा द्वन्दकालमा भएका घटना यसै गरी बिउतौदै जाने हो भने नेपाल मा यो पृथ्वीको अश्तित्व रहने बेला सम्म शान्ति छाउन सक्दैन । तसर्थ सरकार ले तत्काल छानबिन आयोग र मेलमिलापको नीति अबलम्बन गर्नु गराउनु आबश्यक छ ।
मेलमिलाप आयोगको प्रक्रिया अघि बढाउँदै गर्दा अरुका आँशुमा डलर कमाउन पल्केका डलरमणि दीक्षितहरुलाई सदाका लागि निरुत्साहित हुने गरी कारवाही गरिनु पर्छ । मानव अधिकारका नाममा गोहीको आँशु देखाएर अरुको आँशुमाथि पौडिन पल्केकाहरुलाई दुरुत्साहित गर्ने कदम नचालिए सम्म नन्दप्रसाद अधिकारीहरु यस्तै छद्म भेषी हत्याराहरुको चंगुलमा परिरहने छन् । स्मरण रहोस् नेपालमा भएको १० वर्षे सशस्त्र द्व्न्दका क्रममा नन्दप्रसाद जसरी छोरा वा छोरी गुमाउने हजारौंको संख्यामा छन् ।
-दिल निसानी मगर