अख्तियारको जालमा कनकमणी
काठमाडौ, १० बैशाख ।
पत्रकार कनकमणी दिक्षितलाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्यिारको प्रहरी टोलीले आज उनलाई पाटन ढोकाबाट पक्राउ गरेको हो ।
गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचारको अभियोगमा उनीमाथि अनुसन्धान गरिरहेको अख्तियारीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
उनी साझा यातायातका अध्यक्षसमेत हुन् । साझाकै सञ्चालनको क्रममा त्यहाँको चलअचल सम्पत्ति बेचविखन गरेको, त्यसबाट सम्पत्ति कमाई विदेशी बैंकमा जम्मा गरेको, अमेरिकामा जग्गा किनेको मदन सम्सेर र जगदम्बाको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको र अकुत सम्पत्ति आर्जनको विषयमा परेको उजुरीमा छानविन गर्न उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
सोही विषयलाई लिएर उनलाई अख्तियारले बयानकोलागि बोलाए पनि उनी अटेर गरी बसेका थिए । उनले अटेर गरेपछि उनलाई पक्राउ गर्नु परेको बताईएको छ ।
कारण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले द साउथ एसिया ट्रस्टका नाममा नर्वेजियन दूतावासमार्फत लिएको ६ करोड २७ लाख रकमबारे छानवीन गर्न बोलाएको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।
दूतावासको लेटरप्याडमा चलानी नम्बर १३/००५८५ रहेको सम्झौतामा साउथ एसिया ट्रस्टका कार्यकारी निर्देशक दीक्षितले ‘क्षेत्रीय शान्ति र विकास प्रवद्र्धन गर्ने आमसञ्चारमाध्यमको प्रयोग परियोजना’का लागि रकम लिने उल्लेख छ । दीक्षितले ४ वैशाख ०७१ सााझ रकम लिएको पुष्टि गरे ।
‘मुलुकको कानूनसम्मत भएका कारोबारका कागजातलाई आरोपका रुपमा प्रयोग गरिनु चाहि गलत थियो’ उनले भनेका छन् । दीक्षितले सम्झौताको कानूनी पाटोलाई समातेर सम्झौताको पक्षपोषण गरेका छन् । दीक्षित सम्पादक रहेको पत्रिकाले क्षेत्रीय शान्ति र विकास प्रबद्र्धन गर्ने के के काम गरिरहेको छ भन्ने कुरा पाठकहरुलाई समेत जानकारी छैन । त्यसैले यो बारे बुझ्न कनकमणीलाई पक्राउ गरिएको हो ।
अख्तियारको प्रेश बिज्ञप्ती