धोबिघाटमा बिद्यार्थी संगठनहरुको बैठक, के निर्णय भयो ?
बिभिन्न पार्टी निकट बिद्यार्थी संगठनहरुले ‘निजी विद्यालयहरूको मनपरी रुपमा शुल्क उठाउने कार्यको विरोध गर्ने भएका छन् । निजी विद्यालयहरूले जथाभावी शुल्क तोक्नुका साथै मनपरी रुपमा भर्ना शुल्क लिएर अभिभावकहरूलाई सताउन थालेपछि बिद्यार्थीहरुले यस्तो कार्यको बिरोध गर्ने भएका हुन् ।
वैशाख ६ गते बिभिन्न पक्षबीच भएका सहमति अक्षरस पालना गर्न दबाब सृजना गर्ने भन्दै कांग्रेस , एमाले , एमाओवादी लगायत बिद्यार्थीहरुको आज बसेको संयुक्त बैठकमा उनीहरुले यस्तो निर्णय गरेका हुन् । नेपाल बिद्यार्थी संघको मुख्यालय धोबीघाटमा बैठक बसेको थियो । शिक्षा मन्त्रालय, विधार्थी संगठनहरू,अभिभावक संघहरू,प्याब्सन, एनप्याब्सन, लगाएत सरोकारवाला बिच भएको १० वुदेँ सहमति अक्षरस लागू गर्न दवाब सृर्जना गर्ने निर्णय गरिएको बिद्यार्थी नेताहरुले बताएका छन् ।
बैठकले शैक्षिक आन्दोलन, विगतका सहमति,आगामि दिनको निम्ति आबश्यक संयूक्त शैक्षिक एजेन्डा तय गर्न एक संगठन एक प्रतिनिधि रहने गरि एक कार्यदल पनि गठन गर्ने र ५दिन भित्र प्रतिवेदन तयार पारी त्यसैको आधारमा थप कार्यक्रम बनाउने निर्णय गरेको छ ।
त्यस्तै स्ववियू निर्वाचनको विषयमा संगठनका अध्यक्षहरू बसेर गम्भीर छलफलगरि निकासमा पुग्ने र त्रि.वि.लाई तालिका घोषणा गर्न सुझाव दिने निर्णय भएको बिद्यार्थी नेताहरुले जनाएका छन् ।