संघीय गठबन्धनको कार्यक्रममा भारतीय राजदुत नजाने रे

काठमाडौ, ९ बैशाख ।

ranjit re

भावी आन्दोलनको विषयमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले संघीय गठबन्धनले आजको लागि तय गरेको विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँगको छलफलमा नेपालका लागि भारतीय राजदुत रञ्जित रे नजाने भएका छन ।
गठबन्धनले आज होटल र्याडिसनमा कुटनीतिक भेला बोलाएको छ । भेलामा भारतीय राजदुत सहभागि नहुने भएका हुन । उनी आज पोखरा जाने कार्यक्रम तय भएको दुतावास स्रोतले जनाएको छ ।

भेलाको विषयमा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र विवाद देखिएका कारण भारतीय राजदुत नजाने मनस्थितिमा पुगेको बताईएको छ । भेलाको आयोजना संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग सल्लाह नै नगरी गरेको भन्दै तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टी ब्यक्त गरेका छन । उनीहरु आन्दोलनको कार्यक्रम घोषणा गरेपछि विदेशी कुटनीतिकहरुसँग छलफल गर्नु पर्ने पक्षमा थिए ।
त्यसैगरी आन्दोलनको स्वरुप र नेतृत्वको विषयमा पनि गठबन्धनमा विवाद छ । मधेसी मोर्चा आन्दोलनको नेतृत्व महन्थ ठाकुरलाई दिनु पर्ने पक्षमा छन् भने यादव आफै नेतृत्व लिने तयारीमा छन । त्यसैगरी संघीय गठबन्धन बनाउँदा मधेसको एजेण्डा ओझेलमा परेको र हिजो सहयोग नगरेका आदीबासी जनजातिले भोली आन्दोलनको जस लिने सम्भावना प्रति पनि उनीहरुप्रति संसय छ ।