पेरिसडाँडामा भेला भएका ५ माओवादीहरुले के निर्णय गरे ?

काठमाडौं,८ वैशाख ।

Maoist-Parties-848x478

व्यक्तिगत स्वार्थ पुरा नभएपछि पार्टीलाई नै घाटा पुग्ने गरी आ–आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका विभाजीत माओवादीहरु आज एमाओवादी मुख्यालय पेरिसडाँडामा भेला भएका छन् । उनीहरु द्धन्द्धकालीन मुद्धाहरु बिरोधीहरुले एक एक गर्दै व्युताउँन थालेपछि त्यसबारे के गर्ने भन्ने बिषयमा छलफल गर्न दिउँसो २ बजेपछि पेरिसडाँडामा भेला भएका हुन् । पेरिसडाँडामा विप्लव माओवादी बाहेक अन्य माओवादीहरु र नयाँ शक्तिका नेताहरु सहभागी भएका थिए ।
भेलामा शान्ति प्रक्रियालाई भाड्ने प्रयास भइरहेको भन्दै सबै माओवादीहरु द्धन्द्धकालीन मुद्धाका बारेमा एक ठाउँमा अभिनु पर्नेमा जोड दिएको बताईएको छ । शान्ति सम्झौता अनुसार नै प्रहरी र अदालतमा भएका मुद्धाहरुलाई टिआरसीमा लैजान माग गर्दै माओवादी शीर्ष नेताहरुले नै संयुक्त वक्तव्य निकाल्नेबारे छलफल भएको भेलामा सहभागी नेताहरुले बताएका छन् ।उनीहरुले द्वन्द्वकालीन मुद्धा सत्य निरुपण र वेपत्ता आयोगले मात्र हेर्नु पर्नेमा सरकारलाई दबाव दिने र राजनीतिक पहल लिनेबारे छलफल भएको छ ।

भेलामा सत्य निरुपण र वेपत्ता छानविन आयोगले उजुरी आहृवान गरेकाले कार्यकर्तालाई सहयोग गर्न कानुनी डेस्क नै बनाउनेबारे पनि छलफल भएको छ ।माओवादी पार्टीहरुले यहि बैशाख २० गतेदेखि २५ गते भित्र एक अन्तरक्रिया कार्यक्रम गर्ने पनि भएका छन् । भेलामा  अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मोहन बैद्य , मणी थापा, हिसिला यमी, मातृका यादव, देव गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यसअघि पनि सबै माओवादीका शिर्ष नेताहरु द्धन्द्धकालीन मुद्धालाई लिएर प्रधानमन्त्रि केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन प्र्धानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । अन्य मुद्धामा एकमत नभएपनि माओवादीहरु द्धन्द्धकालका मुद्धामा भने एक हुने देखिएका छन् ।