६ सय भन्दा बढी नेपालीले मतदान गरे दक्षिण कोरियाको संसदीय निर्वाचनमा

एजेन्सी,२ वैशाख २०७३ ।

हिजो सम्पन्न दक्षिण कोरियाको संसदीय निर्वाचनमा ६ सय भन्दा धेरै नेपाली मुलका कोरियन नागरिकहरूले मतदान गरेको बताईएको छ । नेपाल लगायत अधिकाँश आप्रवासी मतदाताहरूले विपक्षी दलका सांसदहरूलाई मतदान गरेको केबिएस टेलिभिजनको सर्वेक्षणले देखाएको छ ।

आप्रवासी नीतिमा विपक्षी दल आप्रवासीमैत्री देखिंदै आएको छ। उक्त पार्टीले विदेशी नागरिकलाई सुविधा बढाउने पर्ने माग राख्दै आएको छ। उसले अवैधानिक विदेशी नागरिकलाई पनि वैधानिक बनाएर स्वदेश फर्कने अवसर दिन पनि माग गर्दै आएको थियो।

पछिल्लो समय अवैधानिक नेपाली संख्या वृद्धिसँगै कोरियाले नेपालको ईपिएस कोटामा पनि भारी मात्रमा कटौती गरेको छ। आगामी वर्ष ३१ सय नेपाली मात्र कोरिया आउन पाउने भएका छन्। ३१ सय मध्य पनि औधोगिक क्षेत्रतर्फ जम्मा ११ सय र कृर्षि क्षेत्र तर्फ २ हजार नेपाली कामदार लाने बताएको छ। कोरियाले नेपालको कोटा कटौतीसँगै श्रीलंकन कामदारका लागि काेटा बढाएकाे छ।