बिश्वकर्मा समाज नेपाल युएईको अध्यक्षमा हेमा सुनार
युएइ, २९ चैत ।
बिश्वकर्मा समाज नेपाल युएईको क्षेत्रीय अध्इषमा हेमा सुनार निर्वाचीत भएका छन् । ८ अप्रिल २०१६ का दिन युएईको बरदुबईमा रहेको सिन्धपन्जाब रेष्टुरेन्टमा सम्पन्न दोश्रो दुबई भेलाले सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
प्रजातान्त्रिक पद्धति अनसार आव्हान गरिएको उम्मेद्धारी दर्तामा अध्यक्षमा हेमा सुनार सहित १९ सदस्य कार्य समिति सर्बसम्मत निर्बिरोध निर्बाचित भएका हुन । जस्मा अध्याक्ष हेमा सुनार उपाध्यक्ष शिब खाती, द्धितिय उपाध्यक्ष दुजमान सुनार, सचिब जिबन बिक, सहसचिब कृष्ण बिक, कोषाध्यक्ष ठगेन्द्र सुनार, सहकोषध्यक्ष गोपाल बिक, सदस्यहरुमा हेम बराईली, गिर बहादुर बिक, जित बिक, ईन्द्र सिन्चुरी, केशब बिक, दिपक बिक, मुना सुनार, बिजय बिक, केशब बिक ९क०, शेर बहादुर सुनार, भल बहादुर सुनार लगायत रहेका छन ।
समाजका दुबई क्षेत्रिय अध्यक्ष रोहन सुनारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा केन्द्रिय अध्यक्ष बाबुराम बिश्वकर्मा प्रमुख अतिथी रहेका थिए । त्यसैगरि अतिथीहरुमा केन्द्रिय कोषाध्यक्ष टेक बहादुर बिश्वकर्मा, सारजाह क्षेत्रिय समितिका उपाध्यक्ष मनु सुनार, भल बहादुर सुनार, शेर बहादुर सुनार, कृष्ण बिश्वकर्मा लगायत रहेका थिए ।
देउसुनि बिश्वकर्मा द्धारा सञ्चालित कार्यक्रममा निबर्तमान अध्यक्ष रोहन सुनारले दुबई क्षेत्रिय समितिको कार्य प्रगति र आर्थिक बिबरण प्रस्तुत गर्दै कार्यसमिति बिगठन भएको घोषणा गरेका थिए । कार्यसमिति बिगठन भए लगतै कार्यक्रमका प्रमुख अतिथी बाबुराम बिश्वकर्माको संयोजकत्वमा मनु सुनार र बिनोद गोतामे सहितको निर्बाचन समितिले नयाँ उम्मेद्धारी आव्हान गरेका थिए ।
नब निर्बाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिदै भेलाका प्रमुख अतिथी बाबुराम बिश्वकर्माले समाजलाई अगाडी बढाउनको लागी सबै जागरुक हुनुपर्ने बताएका थिए भने मनु सुनार, बिनोद गोतामे, भल बहादुर सुनार लगायतले नब निर्बाचित कार्य समितिले आगमी दिनमा समाजको लागी उल्लेखनिय काम गर्ने छ भन्ने अपेक्षा सहित निर्बाचित सबैलाई कार्यसफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको अन्तमा भेलाका सभापती तथा निबर्तमान अध्यक्ष रोहन सुनारले नब निर्बाचित सबैलाई बधाई दिदै भेला सम्पन्न गर्नको लागी निरन्तर लागी परेका सबैलाई धन्यबाद दिदै कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।