नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लाेबल आईएमई बैंकका सिईओ रेग्मी निर्विराेध

मूलखबर संवाददाता
काठमाडौं, ११ मंसिर

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

संघको वार्षिक साधारण सभाले रेग्मीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो । त्यसैगरी, संघको उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध चयन भएका छन् । साधारण सभाले संघको कार्यसमितिका अन्य रिक्त सदस्य पदहरूमा समेत वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सर्वसम्मत रूपमै चयन गरेको छ ।

नवनिर्वाचित नेतृत्वले मुलुकको बैंकिङ क्षेत्रका वर्तमान चुनौती समाधान गर्न, तरलता व्यवस्थापन तथा कर्जा विस्तारमा सहजीकरण गर्न र नियामक निकाय नेपाल राष्ट्र बैंकसँग समन्वय गरी वित्तीय स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।