लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू

मूलखबर संवाददाता
काठमाडौं, ९ मंसिर

नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।

अभियानको शुभारम्भका अवसरमा माइतीघरबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी, विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । र्‍याली भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने नाराका साथ सञ्चालन हुने अभियान मङ्सिर २४ गतेसम्म जारी रहनेछ ।