माेरङमा श्रीमानकाे हत्या गर्ने श्रीमतीसहित एक भारतिय पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक

मोरङको जहदा गाउँपालिका- २, मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्यामा संलग्न रहेकी मृतककी श्रीमतीसहित दुईजनालाई पक्राउ गरिएको छ ।

हिजो राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनलाई निजकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारत बिहारका २७ वर्षीय सुनील मिश्र मिलेर टाउकोमा रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनामा प्रयोग भएको रडसहित सुनील मिश्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेकी कमली बास्केलाई आज बिहान करिब साढे सात बजे खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।