जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार, पहिचान खुल्याे
जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन् ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो ।
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीको प्रहरीले पहिचान सार्वजनिक गरेको छ।
शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएका हुन्। फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा रहेका छन्। उनीहरू जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए।





