कांग्रेस महाधिवेशन : मतगणना जारी, चिरिबाबु अग्र स्थानमा
नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको जारी मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।
मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्। प्राडा गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र इन्जिनियर मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्।
त्यस्तै, प्रबल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्। हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, इन्जिनियर अमृत ज्ञावलीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन्।





