राजनीतिक विश्लेषक दाहाल पक्राउ

मूलखबर संवाददाता
काठमाडौं, ४ असाेज

पछिल्लो अवधिमा सरकारका गतिविधिविरूद्व अभिव्यक्ति दिइरहेका राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बेलबारीबाट पक्राउ परेका गरिएको हाे ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।