वाइसीएलले १५० अस्थायी आवास बनाइदिने, प्रभावित क्षेत्रमा नियमित ६०० युवा परिचालन

मूलखबर संवाददाता
काठमाडौं, २८ भदौ, २०८३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन वाइसीएलले बाढीग्रस्त क्षेत्रमा १५० वटा अस्थायी आवास निर्माण गर्ने भएको छ ।

पहिले चरणमा नुवाकोटको बेलकोटगढी–७ को ठुलो खोला , लामोस्वती , रातमाटे, महादेवफाँटका प्रभावित परिवारको लागि १५० वटा अस्थायी आवास निर्माण गरिने वाइसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी गराए ।

ओलीका अनुसार बाढी प्रभावित क्षेत्रमा वाईसीएलले ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरिरहेको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन सक्रिय रहेको उनले जानकारी गराए ।

उनलेे त्रिशुली पारी सडक सञ्जाल विच्छेद भए पश्चात धादिङको बाटो भई कठिनपूर्वक विदुर नगरपालिकाकाका वडाहरु ७, ८ र ९ मा सामग्री पुर्‍याइएकाे जानकारी गराए । ‘आजसम्म पनि पिडित परिवारको घर सरसफाई हुन् सकिरहेको छैन । वास को टुंगो छैन,’ ओलीले भने,‘यहि समस्यालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माणको याेजना बनाएका हाैं ।

उनलेे  रसुवामा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेटहरू, सेनिटरी प्याड, म्याट्रिक्स लगायत सामग्री पुर्‍याइएको पनि बताए ।