ग्याँस अभावकाे कारणसहित समाधान गर्न प्रचण्डद्वारा सरकारलाई ध्यानाकर्षण

मूलखबर संवाददाता
काठमाडौं, २० साउन

नेकपाका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजारमा देखिएको एलपी ग्याँस अभावकाे वास्तविक कारण पत्ता लगाई तत्काल समाधान गर्न सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

लामाे समयदेखि देशभर बजारमा एलपी ग्याँसकाे अभाव देखिएर जनता तड्पिएकाे बेला प्रचण्डले सरकारकाे ध्यानाकर्षण गराउँदै सामाजिक सञ्जालमा लेखेका छन् –

विगत लामो समयदेखि बजारमा एलपी ग्यासको अभावका कारण आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको अवस्था छ। खाली सिलिन्डर बोकेर लामो लाइनमा बस्दासमेत ग्यास उपलब्ध नभएको गुनासो सर्वत्र सुनिन्छ।

बजारमा ग्यास अभाव के-कति कारणले भएको हो ? यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै समस्या तत्काल समाधान गर्न माग गर्दछु।