ताेडियाे डा. गाेविन्द केसीकाे अनसन, भयाे सात बुँदे सहमति

मूलखबर संवाददाता
काठमाडौं, १२ साउन

चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्। सातबुँदे सहमतिपश्चात केसीले अनसन ताेडेका हुन् ।

सरकारले वार्ता टोलीसँग सातबुँदे सहमति भएसँगै केसीले सोमबार साँझ अनशन तोडेका थिए।

सहमति पत्रमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा कम्तीमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने, विश्वविद्यालय सभाबाट पारित भएबमोजिम एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृतिलगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्नेलगायत छन् ।

सहमतिमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ ले तोकेको मापदण्डबमोजिम सिट निर्धारण गर्ने। निजी शिक्षण संस्थामा सिट वृद्धि गरिने छैन, तर सार्वजनिक शिक्षण संस्थाको सिट संंख्या वृद्धि गर्न बाधा पर्नेछैन। ऐनमा भएको व्यवस्थाअनुसार छात्रवृत्तिसम्बन्धी व्यवस्था यथावत राख्ने’ सहमतिपत्रमा उल्लेख छ।

डा. केसी चिकित्सा सुधारकाे माग राख्दै पटक पटक देशका विभिन्न भेगमा पुगेर आमरण अनसन बस्दै आएका छन् ।