फ्रान्सलाई ६–४ ले पराजित गरेर इंग्ल्यान्ड बन्याे तेश्राे, एम्बाप्पेले थपे गाेल, ताेडे रेकर्ड
विश्वकप २०२६ मा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेर बुकायो साकाको ह्याट्रिक मद्दतले इंग्ल्यान्डले तेश्राे स्थानकाे जित निकालेको छ ।
फाइनल प्रवेश गर्न असफल दुई टिमबीच मियामीमा खेल भएको थियो र प्रतिस्पर्धा रोमाञ्चक रह्यो ।
हारमा पनि फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई गोल गरे र उनी यस विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको शीर्षमा रहे । एमबाप्पेको यो दसौं गोल हो र उनले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् । यससँगै उनी गोल्डेन बुट अवार्डका लागि बलिया प्रत्यासी भएका छन् ।
मेसीले आठ गोल गरेका छन् । विश्वकप इतिहासमै एमबाप्पले गरेको गोल संख्या २२ पुगेको छ र उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि भएका छन् । विश्वकपमा इंग्ल्यान्डले तेस्रो स्थानको खेल जितेको यो पहिलो पटक हो । सन् २०१८ मा बेल्जियम र सन् १९९० मा इटालीसँग इंग्ल्यान्डले हारको सामना गरेको थियो ।



