फ्रान्सलाई २-० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
विश्वकपको सेमिफाइनल भिडन्तमा फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको टेक्सासमा सम्पन्न खेल अवधिभर उत्कृष्ट नियन्त्रण राखेको स्पेनले दुई गोल गर्दा फ्रान्सले कुनै गोल फर्काउन सकेन र शून्यमै चित्त बुझायो।
स्पेन १६ वर्षपछि विश्वकपकाे फाइनलमा पुगेको हाे ।




