फिफा विश्वकप : नर्वेलाई हराउँदै इङ्गल्याण्ड सेमिफाइनलमा प्रवेश
विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
नर्वेले पहिलो गोल गर्दै अग्रता लिए पनि जुड बेलिङ्घमले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरे। त्यसपछि अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै इङ्ग्ल्यान्डलाई शानदार जित दिलाए।
अब इङ्ग्ल्यान्डले अर्जेन्टिना स्विट्जरल्यान्ड खेलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।




