त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवा गणेश नेपालीको वीर अस्पतालमा मृत्यु, सरकारप्रति चाैतर्फी विराेध

मूलखबर संवाददाता
काठमाडौं

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर र ट्राफिककाे बाइकमा ह्वील लगाएर चिट काटेपछि आक्राेसित भई आत्मदाह प्रयास गरेका युवा गणेश नेपालीकाे उपचारको क्रममा मृत्यु भएपछि सरकारविरुद्ध चाैतर्फी विराध भएको छ ।

शुक्रबार संसददेखी वीर अस्पताल परिसर र माइतीघरमा विराेध गरिएको छ ।

मुगु घर भएका नेपालीको मृत्युमा सरकार जिम्मेवार भएको भन्दै संसदमा सांसदहरूले सरकारकाे नीति नै गरीबमारा भएको भनेर सांसदहरूले विराेध गरेका थिए ।