मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त
सरकारले मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सुमनराज अर्याल ५८ वर्षे उमेरहदका कारण असार २५ देखि अवकासमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । उनी प्रधानमन्त्री कार्यालयमा शासकीय मामिला हेर्थे । प्रधानमन्त्री कार्यालयमा पुष्कर सापकोटा(कानुन), किरणराज शर्मा (विकास व्यवस्थापन) र खगेन्द्रप्रसाद नेपाल पनि सचिव रहेका छन् ।




