अर्जेन्टिना अन्तिम १६ मा प्रवेश, मेस्सीले गरे २० ओैं गाेल
विश्वकप पुर्व विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ काे अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज मियामीमा भएको प्रतिस्पर्धामा केप भर्डेलाई ३-२ गाेल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ प्रवेश गरेकाे हाे ।
अर्जेन्टिनाकाे लागि कप्तान मेस्सीले २८ ओैं मिनेटमा पहिलो गाेल गरेका थिए । दाेस्राे हाफमा केप भर्डेले गाेल फर्काएकाे थियाे भने निर्धारित समय ९० मिनेटमा १-१ गाेल बराबरी भएपछि ३० मिनेट समय थप गरिएको थियाे । थपिएकाे समयमा अर्जेन्टिनाले २ गाेल र केप भर्डेले १ गाेल गरेका थिए ।
केप भर्डे पहिलोपटक विश्वकपमा सहभागिता जनाएको राष्ट्र हाे ।




