अमेरिकाद्वारा बाेस्निया पराजित, अमेरिका अन्तिम १६ मा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं, १८ असार

फिफा विश्वकप २०२६ को जारी प्रतिस्पर्धामा बाेस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे । ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित रह्यो ।