भेनेजुएला भूकम्प अपडेट : १८८ जनाको मृत्यु पुष्टि, १५ सय बढी घाइते, हजारौं सम्पर्कविहीन
भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । हजारौं मानिस सम्पर्कविहीन छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहरको पश्चिम क्षेत्रमा २२ किलोमिटर गहिराइमा गएको थियो । लगत्तै ७.५ रेक्टर स्केलको दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो ।
स्थानीय समयअनुसार बुधबार साँझ ६:०४ बजे नेपाली समय अनुसार (विहीबार बिहान ३:४९ बजे) ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए ।
भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै थिए । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।




