विश्वकप विजेता स्पेन र नवप्रवेशी राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा, दुबैले गरेनन् गाेल
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक/एक अङ्क जोडेका छन् ।
विश्वकप विजेता स्पेनले सहजै जित्ने अनुमान र दावी विश्वभरका दर्शकहरूमा भइरहेकाे बेला नवप्रवेशी केप भर्डेका गाेलकिपरले गरेकाे सुन्दर गाेलरक्षाका कारण स्पेनकाे दुइदर्जन भन्दा वढी गाेल हुने माैका गुमेकाे थियाे ।




