१५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण

मूलखबर संवाददाता
काठमाडौं, २ कैलाली

टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण गरेको छ ।

वडा कार्यालयले उहाँहरुको स्वास्थ्यलाई दृष्टिगत गरी झुल वितरण गरिएको वडाध्यक्ष मोहन विकले बताउनुभयो । आफ्नो वडामा दुई हजार बढी ज्येष्ठ नागरिक रहेका तर यस वर्ष ७३ वर्षमाथिकालाई मात्र झुल प्रदान गरिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको रु एक लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल प्रदान गरिएको हो ।