सुकुवासी बस्तीमा शनिबार बिहान सुरक्षाकर्मी परिचालन

मूलखबर संवाददाता
काठमाडौं, १२ बैसाख

सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरास्थित नदी किनारका सुकुवासी बस्तीमा शनिबार बिहानदेखि डोजर चलाइँदै छ ।

थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएर बस्ती हटाउने तयारी गरेपछि बासिन्दा त्रसित र आन्दोलित भएका छन्।

उचित विकल्प र व्यवस्थापनबिना उठिबास लगाउन खोजिएको भन्दै स्थानीय, मानवअधिकारकर्मी र युवा पुस्ताले विरोध जनाएका छन्।
सरकारले न्यूनतम सुविधा दिने आश्वासन दिए पनि बासिन्दाहरू विश्वस्त छैनन् र दीर्घकालीन समाधान तथा नागरिकको पहिचानसहितको स्पष्ट योजना माग गरिरहेका छन्।