मुलखबरकर्मी राज गुरूङ र गायिका सञ्जिता दुरा सम्मानित
मुलखबर डटकमका संवाददाता राज गुरूङ र गायिका सञ्जिता दुरा सम्मानित भएका छन् । दुरा समाजकाे वार्षिकोत्सबका अवसरमा उनिहलारूलाई काठमाडौंमा सम्मान गरिएको हाे ।
दुरा सेवा समाज युकेले गुरूङले गायिका सञ्जिता दुराकाे प्रचार प्रसार तथा दुरा समाज र समुदायको उत्थानमा महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै सम्मान गरेको हाे । गुरूङसँगै गायिका सञ्जिता दुरालाई पनि सम्मान गरिएको थियाे । दुराले भ्वाइस अफ नेपाल सिजन ७ मा अन्तिम प्रतिस्पर्धा पुगेर दुरा समाजलाई देश विदेशमा चिनाउन सफल गायिकाकाे भुमिका खेलेकाे भनेर सम्मान गरिएको हाे ।
गुरूङले गायिका सञ्जिता दुरालाई भ्वाइस अफ नेपाल सिजन ७ मा प्रतिस्पर्धामा रहेकाे बेला लमजुङबाट सहयाेग अभियान सञ्चालन गरि सहयाेग जुटाउनुका साथै लमजुङको विभिन्न भेगमा हुने कार्यक्रममा उनलाई आमन्त्रण गरि स्थापित गराएका थिए ।
साे अभियानमार्फत दुराले आफुलाई धेरै ठूलो साथ र सहयाेग पाएकाे भनेर खुसि ब्यक्त गरेकी थिइन् ।
सम्मानपछि गुरूङले यसरी प्रतिक्रिया दिएका छन् –
विशेष धन्यवाद , दुरा समाज UK
आज म यहाँ एउटा सम्मान लिन मात्र होइन, एउटा जिम्मेवारी बोकेर उभिएको छु। म राइनास नगरपालिका निवासी राज गुरुङ दुरा समाजको माया, विश्वास र सम्मान पाउँदा अत्यन्तै गर्व महसुस गरिरहेको छु।
विशेषगरी The Voice of Nepal Season 7 मा प्रतिभाशाली गायिका सन्जिता दुरा लाई जिताऔं भन्ने अभियानमा मैले सानो भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ।
तर म स्पष्ट भन्न चाहन्छु यो मेरो एक्लो प्रयास होइन, यो हाम्रो पहिचानको आवाज थियो, यो हाम्रो एकताको शक्ति थियो, र यो हाम्रो समाजको गर्व थियो।
यस अभियानमा साथ दिने सम्पूर्ण दुरा समाज परिवार, दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण शुभेच्छुकहरू प्रति म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु।
आजको यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ। आगामी दिनहरूमा पनि म हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो प्रतिभाको सम्मान र विकासका लागि सधैं अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
हामी एकजुट भयौं भने, कुनै पनि सपना टाढा हुँदैन ।
धन्यवाद। जय दुरा समाज !





