मन्त्रीहरुको सम्पत्तिको स्रोत पनि खुलाउन हर्क साङपाङकाे माग
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क राज राइले सरकारका मन्त्रीहरुले सार्बजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने त आयो तर अब त्यसको स्रोत पनि खुलाईदिए राम्रो हुने बताएका हुन् ।
उनले स्रोत बिनाको सम्पत्ति फेरी घुमाई फिराई भ्रष्टाचार गरेको भन्ने बुझिन्छ भन्दै स्रोत खुलाउन माग गरेका हुन् ।
उनले भनेका छन्- ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’





