आजदेखि आइतबार पनि सार्वजनिक बिदा सुरू

मूलखबर संवाददाता
काठमाडौं, ३० चैत

नेपाल सरकारले आजदेखि लागू हुने गरी आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। यससँगै अब सरकारी कार्यालयहरू शनिबारसँगै आइतबार पनि बन्द रहने भएका छन्।

सरकारको यो निर्णय उर्जा संकटलाई आधार बनाउँदै शुरू गरिएको हाे । याे निर्णय सबै शैक्षिक संस्थाहरूमा पनि लागू गरिएको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्था र स्वास्थ्य क्षेत्रमा पनि याे निर्णय लागू हुने बताइएको छ ।

याे विदाले  कर्मचारीको कार्य–जीवन सन्तुलन कायम गर्ने, ट्राफिक चाप घटाउने तथा ऊर्जा खपत नियन्त्रण गर्ने उद्देश्य पनि राखिएको बताइएको छ। यसअघि नेपालमा शनिबार मात्र साप्ताहिक बिदा दिइँदै आएको थियो।

नयाँ व्यवस्था लागू भएसँगै सरकारी कार्यालयहरूको कामकाज अब सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ। कार्यालय समय पनि परिवर्तन गरिएको छ । अबदेखी विहान ९ बजेदेखी साँझ ५ बजेसम्म कार्यलय समय लागू भइसकेको छ ।