एनआरएनएमा डा. शर्माको नेतृत्वमा २३ उपाध्यक्षसहितकाे जम्बाे कार्यसमिति

मूलखबर संवाददाता
काठमाडौं, ४ चैत

बरिस्ठ उपाध्यक्षमा शेरचन,प्रथम उपाध्यक्षमा न्यौपाने,महासचिवमा डा. खड्का र कोषाध्यक्षमा तिमल्सिना

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको १२औँ महाधिवेशनबाट सबै पक्षलाई समेट्दै जम्बो कार्यसमिति घोषणा गरिएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले गरेको घोषणाअनुसार संघको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भए । नेतृत्व घोषणा कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्षहरू आरके शर्मा, विनोद कुँवरलगायतको उपस्थिति रहेको थियो । निर्वाचन समितिका अनुसार सबै पक्षलाई मिलाउन ठूलो आकारको समिति निर्माण भएको हो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा रविन शेरचन, प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने र महासचिवमा डा. चिरञ्जीवी खड्का निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, संघको कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना र प्रवक्तामा सोम सापकोटा चयन भएका छन् ।

महाधिवेशनले २१ जना खुला उपाध्यक्षसहित महिला र युवा गरी कुल २३ जना उपाध्यक्ष चयन गरेको छ । उपाध्यक्षहरूमा
खगेन्द्र न्यौपाने, रामशरण सिंखडा,मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, लोकप्रसाद दाहाल,

प्रविन गुरुङ,विश्वदीप तिगेला,बुद्धि सुवेदी,रोशन थापा, चिन्तामणि सापकोटा,जुनु गुरुङ,टंकप्रसाद गैरे,
तिलक गैरे, दधिबल खड्का र दिनेश पोखरेल रहेका छन्।

त्यसैगरी, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, कमलमणि गुरागाईं,भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । महिला उपाध्यक्षको जिम्मेवारी राधिका गुरुङ ‘टिका’ र युवा उपाध्यक्षको जिम्मेवारी भिमसेन थापाले पाएका छन ।

यसैगरी, कार्यसमितिमा ६ जना उपमहासचिव र १४ जना सचिव चयन भएका छन् । उपमहासचिवहरूमा
राजेन्द्र अर्याल, स्वतन्त्र प्रताप शाह,अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल रहेका छन् । यस्तै, सचिवहरूमा मोहम्मद मुक्तदा मुसलमान,
अभिमन्यु बस्नेत, रमेश भट्ट,सुजन केसी खत्री,दिपेश खत्री,
माधव दुलाल,भवानी प्रसाद तिम्सिना ,
मदनराज पौडेल, प्रसुन्ना कडेल, शिव प्रसाद पौडेल, सुजन अधिकारी, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल निर्वाचित भएका छन् भने महिला सचिवमा अमृता थापा कञ्चन चयन भएकी छन् ।

कोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सिना र
संघको सह–कोषाध्यक्षमा अब्दुल बासिद र विमल सुवेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएका छन् । त्यसैगरी, महिला संयोजकमा रश्मि थापा, युवा संयोजकमा नविन निउरे र दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्वाचित भएका छन् ।

विभिन्न क्षेत्रका लागि क्षेत्रीय संयोजक र उप/सह–संयोजकहरू पनि तोकिएका छन् । क्षेत्रीय संयोजकहरूमा अफ्रिकाबाट मनोज विक, अमेरिकाबाट भुवन खरेल, एसिया प्यासिफिकबाट दिपक प्रसाद कडेल, युरोपबाट रोबर्ट लिम्बु, मध्यपूर्वबाट रमेश श्रेष्ठ र ओसेनिया (अस्ट्रेलिया) बाट रमेश जोशी निर्वाचित भएका छन् ।

यस्तै, क्षेत्रीय उप/सह–संयोजकहरूमा अमेरिकाबाट नेत्र पाण्डे र सम्राट थापा, एसिया प्यासिफिकबाट लाल सिंह खड्का,भबिन्द्र बस्नेत र छत्र बहादुर दाहाल , युरोपबाट तिलकराम भट्टराई, मध्यपूर्वबाट विकास शाही,विकल झा, विश्वनाथ श्रेष्ठ र करिम बक्स मिया तथा ओसेनियाबाट छवि प्रसाद सापकोटा, सिके भुसाल र हेमन्त काफ्ले चयन भएका छन ।

क्षेत्रीय महिला नेतृत्वतर्फ एसिया प्यासिफिक संयोजकमा संगिता अधिकारी, युरोप संयोजकमा बाबा राजेश्वरी थापा र मध्यपूर्व संयोजकमा सरिता भण्डारी चयन भएका छन् । युरोप महिला सह–संयोजकमा राधा सिग्देल किरण र मध्यपूर्व महिला सह–संयोजकमा मन्जु मल्ल रहेका छन् ।

यसैगरी, क्षेत्रीय युवा संयोजकहरूमा एसिया प्यासिफिकबाट राम थापा ‘अनिल’, युरोपबाट शिव सागर बुढाथोकी र मध्यपूर्वबाट सुजन सापकोटा निर्वाचित हुँदा क्षेत्रीय युवा उप–संयोजकमा युरोपबाट अम्मन गौचन र मध्यपूर्वबाट बासुदेव सापकोटा चयन भएका छन ।