पूर्व प्रधानमन्त्री ओलीका पिता मोहन प्रसाद ओलीको निधन

मूलखबर संवाददाता
काठमाडौं, २९ फागुन

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन भएको छ । शुक्रकार भक्तपुरस्थित एक अस्पतालमा उपचारका क्रममा ओलीको निधन भएको हो ।

९७ वर्षको उमेरमा निधन भएका मोहनप्रसादको केपी ओलीसहित २ छोरा र तीन छोरी छन् ।