अपडेट : इजरायली आक्रमणबाट इरानमा २४ विद्यार्थीकाे मृत्यु
इजरायलले इरानमाथी शुरू गरेको भिषण आक्रमणमा परी २४ विद्यार्थीकाे मृत्यु भएको बताइएको छ ।
इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको अल जजिराले जनाएको छ ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४ पुगेको हो ।
इरानमा भएको आक्रमणमा आफ्नो सहभागीता रहेकाे अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सार्वजनिक गरेका छन् ।




