बैतडी जन्ती बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८ पुग्याे
बैतडीमा भएको जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
यसअघि ६ जनाको मृत्यु भएकामा थप दुई घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायका अनुसार हाल ४३ जना घाइते छन्।
यसअघि बझाङको बित्थडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको थियो।
त्यस्तै मृतकहरू बझाङको जयपृथ्वी नगरपालिका – ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पचौंडी नगरपालिका – ७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि पहिचान खुलेको छ।
घाइतेमध्ये थप दुई जना बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र सोही ठाउँकै ४२ वर्षीय नरेशराज जोशीको मृत्यु भएको हो।
अन्य ४३ घाइतेलाई उपचारका लागि स्वास्थ्य चौकी कोटीला पठाइएको डिएसपी रायले जानकारी दिए।
बैतडीमा जन्तीबस २ सय मिटर तल खसेर दुर्घटना, उद्धारको काम जारी




