रास्वपा उमेदवारकाे कारको ठक्करबाट बालिकाको मृत्यु

मूलखबर संवाददाता
राैतहट, २२ माघ

रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा रास्वपाका उमेदवार चढेकाे कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।

बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो । घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो । कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।