लमजुङमा नेकपाले बनायाे पाैडेलकाे नेतृत्वमा परिचालन समिति

मूलखबर संवाददाता
लमजुङ, १० माघ

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति लमजुङले जिल्ला इन्चार्ज पारसमणी पाैडेलकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति बनाएकाे छ ।

पार्टीको तर्फबाट प्रतिनिधिसभाकाे उमेदवार बनाइएका हरिजंग तामाङलाई विजयी बनाउन आज विभिन्न समितिहरू निर्माण गरिएको जिल्ला संयाेजक सुनिल ससनार अटलले बताएका छन् ।

पार्टीको आज सम्पन्न बिस्तारीत बैठकले केन्द्रीय सदस्य पारसमणी पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समिति र  रामबाबु अधिकारीको नेतृत्वमा निर्बाचन अनुगमन विशेष  समिति गठन गरेको हाे ।

बैठकमा पार्टीका केन्द्रीय सचिवालय सदस्य देब प्रसाद गुरुङ, केन्द्रीय सदस्य देबेन्द्र पराजुली,  देब बहादुर दुरा,  मधु अधिकारी गुरुङ, ईजन बराल,  लालबहादुर गुरुङ,  मेख बहादुर भण्डारी,  रामचन्द्र पौडेल,  सतिमाया तामाङ, बद्री बिलास मिश्र,  कुमराज मजाकोटी र  नेपाली कम्युनिष्ट पार्टी लमजुङ प्रतिनिधि सभा सद्स्य उमेदवार हरिजंग तामाङको सहभागीता थियो ।बैठको अध्यक्षता जगदिश सेढाई र सहजीकरण सुनिल सुनार अटलले गरेका थिए ।