यस वर्षकाे एसईई परीक्षा चैत १९ देखि
यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी १९ देखि २९ चैतसम्म सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष चैत पहिलो सातादेखि परीक्षा सञ्चालन गर्नुपर्ने भए पनि यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण परीक्षा केहि दिन पर धकेलिएको बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।
उनका अनुसार बोर्डले बुधबार परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । एसइईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।




