उमेदवार टुंगाउन रास्वपाको केन्द्रिय समिति बैठक बस्ने
उमेदवार टुंगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
पार्टीको केन्द्रिय कार्यालय वनस्थलीमा आयोजना हुने यो बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी, प्रत्यक्षतर्फका उम्मेदवार छनोट र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेकाले दलहरू उम्मेदवार टुंगो लगाउने क्रममा व्यस्त छन् ।




